सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशको अर्थतन्त्र नयाँ पुस्ताका लागि जटिल मोडमा पुगेको बताएका छन।
कोरोना र त्यसपछि भएको रुस–युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा धक्का पुगेको अध्यक्ष गोल्छाले बताए । कोरोना भन्दा पहिला सकारात्मक बिन्दुमा रहेको अर्थतन्त्र हाल नकारात्मक हुनु अहिलेको पुस्ताका लागि सबैभन्दा जटिल अवस्था हुन सक्ने बताए।
उद्योग वाणिज्य संघ लालवन्दीको ८ औँ साधारण सभामा उहाँले अहिलेको अवस्थाबाट माथि उठ्न पर्यटकिय गतिविधिमा जोड दिँदै निर्यातमुखी उत्पादनको विकल्प नरहेको बताए।
उनले पछिलो समय नेपालबाट विद्युत निर्यात हुन थालेको भन्दै सिमेन्टको निर्यातमा ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १९ : ५७
लेखकबाट थप