ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १४ : २९
ला लिगाको तालिका सार्वजनिक, एल क्लासिको अक्टोबरमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ । 

सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ । यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ ।

ला लिगा १२ अगस्टबाट सुरु हुनेछ । कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने १९ डिसेम्बरबाट पुनः सुचारु हुनेछ । तालिकाअनुसार सिजनको पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यस्तै, दोस्रो खेल १९ मार्चमा क्याम्प नोउमा हुनेछ ।

ला लिगा फुटबलको एल क्लासिको भिडन्त विश्वमा निकै महत्वका साथ हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस