मूल्यवृद्धिको विरोधमा युवा संघको प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, २० : २५
मूल्यवृद्धिको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ।

बिहीबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस अघि बढेको थियो । राँके जुलुस माइतिघरतर्फ अगाडि बढ्ने क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा समेत तोडफोडसमेत गरेका छन् ।

प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । यसक्रममा दुई पक्षबीच झडप पनि भएको थियो । दुई पक्षबीच झडप हुँदा नयाँ बानेश्रर–माइतिघर सडकखण्डको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस