काठमाडौं । पर्सा,सुर्खेत,झापा,कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख. ४८४२ नम्बरको ट्रकले ना.४४ प.१८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका–२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा बा.१ झ ८७८४ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई प्र.१–०१–००१ क ११४६ नम्बरको मिनी ट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका–९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा सुपप्र ०१–०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–१ गणेश बस्ती बस्ने २४ वर्षीय विश्राम राना रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोकमा बा.८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा.४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जना छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ असार २०७९, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु