एन्फा महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, २० : ३५
एन्फा महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित

काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीत गरेको छ । 

बुधबार बसेको एन्फाको कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको हो । राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएको हुन् ।

सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस