काठमाडौं । ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो यो। त्यतिबेला ओलीले बुढो गाईलाई घाँस हालेर दुध नदिने भन्दै वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न मात्र आग्रह गरेनन्, यो पनि भन्न भ्याए, ‘पिर नमान्नू कांग्रेसले खोजेको प्रजातन्त्र हामी ल्याउँछौं।’
ज्योतिष र भाग्यवादमा पनि विश्वास गर्ने कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुने क्रममा धनगढी पुगेर ओलीलाई जवाफ फर्काउँदै भने, ‘ज्योतिषीले मलाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका छन्, म अझै तीनपटक प्रधानमन्त्री हुन्छु। कम्युनिस्टहरूले भनेर हुन्छ रु’ जनमतमा नभएर भाग्य र ज्योतिषमा भर परेको भन्दै देउवाको पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भयो।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम करिबकरिब ओलीले भनेजस्तै आयो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ स्थानमध्ये कांग्रेस २३ सिटमा विजयी भयो। केन्द्रमा सरकार बनाउने होइन, प्रधानमन्त्रीविरुद्ध एक्लैले अविश्वासको प्रस्ताव राख्ने हैसियत पनि भएन कांग्रेससँग। सात प्रदेशसभामा पनि कांग्रेसको हालत संघको भन्दा फरक भएन।
निर्वाचनमा पराजित कांग्रेस त्यसको समीक्षा गर्दै संगठन निर्माणमा जुट्न पनि सकेन। बरु पार्टीभित्र एकअर्कालाई आरोपप्रत्यारोप लगाउनमै महिनौं बिताए नेताहरूले। मंसिरमा भएको निर्वाचनको समीक्षा कांग्रेसले वैशाखमा गर्यो। चुनावमा कांग्रेस पराजयको जिम्मेवारी कसैले लिएन। संगठन निर्माण पनि कांग्रेस नेताको प्राथमिकतामा परेन। बल्लतल्ल पार्टी उपसभापति नेतृत्वको प्रशिक्षण प्रतिष्ठानले देशभरि अभियान सुरु गर्यो, तर गुटगत विवादका कारण त्यसले पूर्णता पाउन सकेन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ असार २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र