नेपालले पहिले ब्याटिङ गर्ने, चौंथो जितको दाउ

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १२ : १९
नेपालले पहिले ब्याटिङ गर्ने, चौंथो जितको दाउ

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट अन्तर्गत नेपालले हङकङसँग खेल सुरु भएको छ।आफ्नो चौथो खेलमा नेपालले ब्याटिङ रोजेको छ। हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ।

नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ मा रहेको नेपाल नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस