गोरखा । गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको हो।
ताप्लेजुङ स्थायी घर भएका उनी करेन्ट लागेपछि भुइँमा खसेका थिए। गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ असार २०७९, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु