काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ ।
नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकाे रंग फेर्ने तयारि भएको बताए ।‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै