खेललाई पर्यटनसँग जोड्नुपर्छ : मन्त्री गहतराज

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १२ : ३७
खेललाई पर्यटनसँग जोड्नुपर्छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । प्राकृतिक हिसावले देश सुन्दर भएकाले त्यसको उपयोग खेलकुद मार्फत गर्नुपर्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदलाई राज्यले प्राथमिकतामा नराखेको पनि बताए ।

‘नेपाल प्राकृतिक रुपले राम्रो देश छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री गहतराजले भने । मन्त्री गहतराजले खेलकुदको विषय सिंहदरबार भित्र बुझ्ने मान्छे नभएको बताए । त्यसैले नै नेपाली खेलकुद बजेटको हिसावले उपेक्षामा परेको बताए 

प्रतिक्रिया दिनुहोस