काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । मासिक ब्याज प्राप्त गर्ने गरी बैंकले यहीँ असार २२ गतेदेखि २०८० असार २० गतेसम्म १ वर्षका लागि निक्षेपको रुपमा उक्त पैसा लगानी गर्ने भएको हो ।
आइतबार एक सूचना गर्दै बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुलाई तोकिएको सर्त पुरा गरी दरखास्त हाल्न आह्वान गरेको छ । बैंकको सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि कुल रकमको ८० प्रतिशत अर्थात् ६४ करोड रुपैयाँ छुट्याइएको छ भने ‘ख’ वर्गका विकास बैंकहरुका लागि १५ प्रतिशत (१२ करोड रुपैयाँ) र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूका लागि कुल रकमको ५ प्रतिशत अर्थात् ४ करोड रुपैयाँ छुट्टयाइएको छ ।
यद्यपि,सार्वजनिक बोलकबोल मार्फत प्रदान गरिने निक्षेपका लागि बैंकहरुले दिन सक्ने ब्याज प्रस्ताव गर्नुपर्नेछ । आवेदन भने आइतबार अर्थात् असार ५ गतेदेखि असार ७ गते राति १२ बजेभित्र पठाइ सक्नुपर्ने बैंकले जनाएको छ । यस्तो निक्षेपका लागि इच्छुक बैंकले वित्तीय कारोबार सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने वित्तीय संस्थाको निष्कृक्ष् कर्जा कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै