युक्रेन युद्धमा नागरिक हताहतीको संख्या १० हजार नाघ्यो : संयुक्त राष्ट्रसंघ

एजेन्सी

शनिबार, ०४ असार २०७९, १४ : २५
युक्रेन युद्धमा नागरिक हताहतीको संख्या १० हजार नाघ्यो : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र संघका अनुसार युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता हालसम्म मारिने वा घाइते हुने नागरिकको संख्या १० हजार पुगेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्च आयोग (ओएचसीएचआर) ले दैनिक सार्वजनिक गर्ने अपडेटमा जुन १६ को मध्य रातसम्म ४५०९ मानिस मारिएको र ५५८५ घाइते भएको उल्लेख गरेको छ । ओएचसीएचआरका अनुसार मर्नेमा २९४ बालबालिका छन् ।  

‘अधिकांश नागरिक हताहती ठूलो क्षेत्रलाई प्रभाव पार्ने विष्फोटक पदार्थको कारण मरेका छन् । यस्ता हतियारमा भारतीय हातहतियार, मिसाइल तथा हवाई आक्रमण तथा रकेट प्रणाली पर्छन्,’ ओएचसीएचआरको वक्तव्यमा भनिएको छ । वक्तव्यमा वास्तविक हताहतीको संख्या थप बढी हुनसक्ने पनि उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस