काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो ।
गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबिरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरेको थियो । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध
पाकिस्तानको पन्जाबमा १४ लाख मानिस बाढीको जोखिममा
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
यी जिल्लामा आज बाढी र पहिरोको जोखिम
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल