आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १२ : १३
आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

काठमाडौँ । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार करबाहेक उपलब्ध गराउने जनाएको छ ।

यो अफर इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाउने प्रचलन सुरु गरेको हो ।

विकासोन्मुख देशका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य स्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस