प्रतिबन्धित मागुँर जातको माछा चितवनमा धमाधम बिक्री

प्रकाश सिग्देल

विहीबार, ०२ असार २०७९, ११ : ५२
प्रतिबन्धित मागुँर जातको माछा चितवनमा धमाधम बिक्री

चितवन । मानव स्वास्थ्यका लागि घातक मानिएको प्रतिबन्धित मागुँर जातको (कालो जुँगे) माछापालन तथा बिक्री चितवनमा धमाधम भईरहेको छ ।मनव स्वास्थ्यका लागि यो माछाको सेवनले क्यान्सर लगाएतका रोगहरु लाग्ने जोखिम उच्च हुने र यो माछामा पारोको मात्रा बढि भएकाले यो माछा खान र बिक्रीका लागि सरकारले प्रतिबन्ध लगाएको छ ।

यस्तै यो जातका माछाले अरु माछा खाने र प्राकृतिक सन्तुलन बिग्रार्ने भएकाले यसलाई खोला, नदिमा हाल्न समेत निषेध छ ।नेपालमा मात्रै हैन, भारतमा समेत यो माछा पालन गर्न प्रतिबन्ध लगाईएको छ । तर यहाँका किसान तथा व्यापारीले धेरै कमाउने नाममा यो जातको माछा पाल्ने तथा बिक्री गर्ने गरिरहेका छन् । मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुला राज तामाङंले आफुहरुको संगठनमा आवद्ध ब्यवसायीलाई यो माछा पाल्न र बिक्री गर्न रोक लगाएको बताए ।

तर केही समितिसंग आवद्ध नभएका व्यवसायीले भारतबाट ल्याएर यही पोखरीमा पालेर धमाधम यो माछा बिक्री गर्ने गरेको उनले बताए । कहिले काही हुने बजार अनुगमनमा आफुहरुले यो बिषयमा ब्यवसायीलाई सचेत बनाएपनि व्यवसायीले अटेर गरेको उनि बताउँछन् ।

बजार अनुगमन गर्ने जिल्ला संयन्त्रको सदस्य सचिव तथा घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादव आचार्यले आफुहरुले बजारमा अनुगमन गरेर प्रतिबन्धित माछा बिक्री नगर्न आग्रह गर्ने र अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताउँछन् ।

चितवनमा नियमित अनुगमन नहुँदा ब्यापारीमा मनोपलि बढेको छ । बजारमा कुन व्यवसायीले कस्तो बस्तु बिक्री गर्ने गरेको छ भनेर निगरानी र खबरदारी गर्ने सरकारी संयन्त्र प्रभावकारी बनेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस