काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५० रुग्ण पुललाई घटाएर ४१ मा झारेको छ । विभिन्न कारणले निर्माण अघि बढ्न नसकेका धेरै पुल निर्माणलाई तीव्रता दिन लगाइएको हो ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यो महिनाको मसान्त सम्ममा रुग्ण पुलको सङ्ख्या अझै कम हुने बताइन् । पुल सम्पन्न नहुँदा नागरिकले सास्ती पाएकाले उच्च प्राथमिकता दिएर अघि बढाइएको मन्त्री यादवले बताइन् । ठेक्का सम्पन्न हुन बाँकी पुरानो सडक र पुललाई पूर्णता दिन लागिएको उनको भनाइ थियो ।
हुलाकी राजमार्गलगायत निर्माणाधीन सडक आयोजनामा पुल समयमा सम्पन्न गराउन व्यवसायीलाई कडाइ गरिएको उनको भनाइ छ । मन्त्री यादवका अनुसार डिभिजन प्रमुखलाई काठमाडौँमा नबसेर कार्यक्षेत्रमा पुगेर सञ्चालित कामको अनुगमन गर्न निर्देशन दिइएको छ । प्रत्येक १५र२० दिनमा भर्चुअल बैठकमार्फत उनीहरुसँग सम्पर्क गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता