काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।
सरकारले गत १ जेठदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ ।
तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार