काठमाडौं । कुवेतबाट लुकाएर ल्याइएको २६० ग्राम सुनसहित ३ जना यात्रु पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जजिरा एयरलाइन्स हुँदै काठमाडौँ आएका ३ जना यात्रुबाट २६० ग्राम सुनसहित आज पक्राउ गरेको हो ।
कार्यालयले प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई आज पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूले पाइन्टको भित्री भागमा सुन लुकाएर बाहिरबाट सिलाएका थिए ।
विमानस्थलमा ओर्लेपछि चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि थप अनुसन्धानका लागि पक्राउ गरेको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए । प्रारम्भिक बयानअनुसार ती ३ जना यात्रुलाई अन्य व्यक्तिले १र१ वटा पाइन्ट दिएर लगाई जान भनेको र नेपाल पुगेपछि ती पाइन्ट अन्य व्यक्तिलाई बुझाए पछि केहि रकम पाउने आशा देखाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ