लण्डन । गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ ।
अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ ।तीन दिन सम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकिय हुनेछन्।
तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिए । सो रकममा प्रतिनिधिहरुले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन् ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा। बद्री केसी लगायत संघका पदाधिकारीहरुको विशेष उपस्थिति रहनेछ । सम्मेलनमा पूर्वअध्यक्षहरु समेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न देशका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपाली, संचारकर्मीलगायको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको वारेमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता
एनआरएनएको निर्वाचन रोक्ने मागमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन
एनआरएन कुँवर समूहले मार्च १६ र १७ मा महाधिवेशन गर्ने
एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ