महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटल प्रा. लि.मा छुट

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, १६ : २३
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटल प्रा. लि.मा छुट

काठमाडौ । महालक्ष्मी विकास बैंक र महेन्द«पुल पोखरामा अवस्थित ओम हस्पिटल प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको हो ।  

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन  । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ ।  यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।