सन्धिखर्कमा रेविजविरुद्धको निःशुल्क खोप

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, ०७ : २०
सन्धिखर्कमा रेविजविरुद्धको निःशुल्क खोप

अर्घाखाँची । सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निःशुल्क खोप लगाइएको छ ।  

नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।

नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए ।  उनीहररूले  अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए । 

लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई  खोल लगाएको हो ।

प्रतिक्रिया दिनुहोस