महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, ११ : ३८
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

मात्र रु.१००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सावाँमा गाभी एकमुष्ठ रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खाता खोलेका भएका ग्राहकहरुले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । देशैभर छरिएर रहेका १०३ शाखाहरुमार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।