दाङ । दाङमा शौचालयको सेफ्टी टंकीमा नवजात शिशुको शव फेला परेको छ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षीया आमाले जन्माएको १६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
शिशुलाई ओच्छ्यानमा छोडेर आमा शौचालय गएको र शौचालयबाट फर्किने क्रममा ओच्छ्यानमा शिशु नदेखेपछि छिमेकीलाई खबर गरेको प्रहरीले जनाएको छ।
शिशु खोज्ने क्रममा सेफ्टी टंकीमा शव फेला परेको थियो। प्रहरीले अनुसन्धानका लागी शिशुको आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। अनुसन्धानपछि घटनाको पूर्ण विवरण पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव