नेयमारको गोलमा ब्राजिलको जित,पेलेको रेकर्डसँग बराबरी

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, २० : ०३
नेयमारको गोलमा ब्राजिलको जित,पेलेको रेकर्डसँग बराबरी

काठमाडौँ । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित निकालेको छ । सोमबार भएको खेलमा घरेलु टोली जापानमाथि ब्राजिलले १–० को जित दर्ता गरेको हो । 

ब्राजिलको जितमा स्टार फरवार्ड नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए । रिचार्लीसनलाई पेनाल्टी बक्समा इन्डोले फउल गर्न पुगेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् । 

योसँगै नेयमारले  राष्ट्रका लागि धेरै गाेल गर्ने ब्राजिली लिजेण्ड फुटबलर पेलेसँगको रेकर्डसँग बराबरी गरेका छन् । राष्ट्रका लागि नेयमारले ७७ गाेल पूरा गरेका हुन् ।मैत्रीपूर्ण खेलका लागि एसियाको भ्रमणमा ब्राजिलले दक्षिण कोरियालाई ५-१ गोल अन्तरले प्राजित गरेको थियो । 

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस