नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।
प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र वित्तीय क्षेत्र, आयात/निर्यात (वैदेशिक व्यापार), बैंकिङ नीति, लक्षित आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको व्यवस्था गर्ने गर्छ । जुन अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले बैंकलाई प्रदान गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बैंकले तयार गर्दै गरेको मौद्रिक नीतिका लागि सुझाव दिन चाहनु हुनेहरुले बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एदरेट एनआरबी डट् ओआरजी डट् एनपी’ मा सुझाव टिपाउन सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै