बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते भएका सोही मोटरसाइकल पछाडी सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु