काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब पौने ९ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु