काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब पौने ९ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु