ओली र दाहालको तामझाम: देउवाको उम्मेदवारी वारेसमार्फत

शुक्रबार, १७ कार्तिक २०७४, ०८ : ००
ओली र दाहालको तामझाम: देउवाको उम्मेदवारी वारेसमार्फत

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता-कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए ।

ओली झापा-५ र दाहाल चितवन-३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस