काठमाडौं । वाइसियलले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पेरिसडाडा मा आयोजित कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज दीपशिखाले नबनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवामा लाग्न र सानो सानो काम ले जनताको मन जित्न आग्रह गरे ।
साथै जनप्रतिनिधिहरुको अग्नि परीक्षा सुरु भयको र यो परीक्षा को नतिजा आगामी चुनाब मा देखिने भयकोले नतिजा मा राम्रो अंकले पास हुने गरि काम गर्न अनुरोध गरे ।
कार्यक्रममा देशभर बाट वाइसियलका बिभिन्न पदमा रही काम गरेका र हाल स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रमको समापन गर्दै वाइसियल संयोजक सुमन देबकोटा ले स्थानिय तहमा युवाहरुको प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, २० : ०४
लेखकबाट थप