आज पनि बढ्यो सुनको मुल्य, कतिमा भैरहेको छ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, २० जेठ २०७९, ११ : १९
आज पनि बढ्यो सुनको मुल्य, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ९ सय रुपैयाँले बढेर शुक्रबार ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ ।  

त्यस्तै, आज चाँदीकाे भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस