काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ ।
सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको ढिलाइबारे प्रश्न गरेका थिए । जवाफमा उनले पहाड काट्ने र ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने काम सकेर नयाँ वर्षको सुरुवातसँगै उडान सुरुवात गर्ने तयारी रहेको जानकारी दिएका हुन् ।
सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच पोखरा विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । यसको निर्माण २०२१ जुन १० मा सक्ने भए पनि कोरोना महामारीका कारण एक वर्ष म्याद थपेर काम भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको चिनियाँ ठेकेदार कम्पनीको दाबी