स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

रासस

शनिबार, १४ जेठ २०७९, १४ : ५६
स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे ।

अध्यक्ष लिङ्देनले नेपाली काँग्रेस र नेकपा (एमाले) ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे । राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिनु हुँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल परराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस