काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।
उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’
स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
डढेलो नियन्त्रण नभए काठमाडौंको वायु प्रदूषण अझै बढ्ने
विश्वकै वायु प्रदूषणको पहिलो सूचीमा नेपाल
काठमाडौंका विद्यालयले तोकेकै ठाउँमा मात्रै पुस्तक र पोसाक किनाउन नपाउने
हेटौंडा-चखेल- काठमाडौं सडक १६ दिनको लागि बन्द
काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान