उदयपुर । उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
घर जग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या