उदयपुर । उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
घर जग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या