सिन्धुपाल्चोकमा एम्बुलेन्स कटेजमा ठोक्किँदा निदाईरहेकी एक बृद्धाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, ११ : ०७
सिन्धुपाल्चोकमा एम्बुलेन्स कटेजमा ठोक्किँदा निदाईरहेकी एक बृद्धाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा गएराती एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कटेजमा निदाईरहेकी अन्दाजी ७९ बर्षीया मनमाया खड्का रहेकी छिन् । एम्बुलेन्स पल्टिदा निदाएकै स्थानमा च्यापिएर गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३ २७ नम्बरको एम्बुलेन्स गएराती सवा ९ बजे नियन्त्रण गुमाएर कटेजमा ठोक्किएको थियो । एम्बुलेन्सका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस