भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १० : १४
भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु

सल्यान। भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो।

शनिबार बाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते भएका थिए। घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो।डाँगीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस