पोखराको उपमेयरमा एमालेले अग्रता बनाउँदा मेयरमा अन्तरघात

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ०७ : ३८
पोखराको उपमेयरमा एमालेले अग्रता बनाउँदा मेयरमा अन्तरघात

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको मेयर पदमा एमाले पछि परेको छ। तर, उपमेयरमा एमालेको अग्रता छ ।

पोखरामा एमालेभित्र अन्तरघात भएको भनेर तीव्र असन्तुष्टि रहेको छ भने वडा कमिटीका केही नेताहरुले राजीनामा समेत दिइसकेका छन् । यद्यपि पार्टी यसबारे केही बोलिसकेको छैन । 

हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरेका हुन्।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस