काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । यस शुखद अवसरमा बैंकले आदरणीय ग्राहक , शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरामियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ।
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकलेू रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभएपनि पूराहोस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंंकले नगद लाभांश दिने
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट