गुल्मीमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, १२ : ४०
गुल्मीमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

गुल्मी । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन्। जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने नाबालिका छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ  गरेको हो। 

यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।

नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापका लागि फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस