कार्य क्षमताको आधारमा सरकारी कर्मचारीको तलब कायम गर्नुपर्छ : डा भट्टराई

विहीबार, १० जेठ २०७५, १३ : २४
कार्य क्षमताको आधारमा सरकारी कर्मचारीको तलब कायम गर्नुपर्छ : डा भट्टराई

फाइल फोटो

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नयाँ शाक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जागिरे मानसिकता बोकेको कर्मचारी पालेर देशको विकास नहुने बताउनुभएको छ । कर्मचारी प्रशासन प्रक्रियामुखी र ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोचको कारण देशले फड्को मार्न नसकेको टिप्पणी गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले भिजन डकुमेन्टका रुपमा आएको भन्दै स्वागत गर्नुभयो । ‘नीति र कार्यक्रम अन्त्यन्त सुन्दर छ, राम्रा सपना देखाइएको छ,’ उनले भने, कछुवा गतिले हुँदैन, भ्यागुतोको उफ्राइमा जानुपर्छ । त्यसतर्फ संकेत छ ।’

उहाँले कर्मचारीहरुबाट काम लिन सकिन्छ भने तलब बढाउन कन्जुस्याइँ नगर्न नहुनेमा जोड दिनुभयो । ‘राम्रो सुविधा दिऔं, तलब पनि कति बढाउनुपर्छ बढाऔं,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयोे, ‘तर, पर्फमेन्सका आधारमा सम्झौता गरेर काम गराउनुपर्छ ।

देशमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न २५ खर्ब खर्च गर्नु पर्ने तर, यो आन्तरिक स्रोतबाट मात्र सम्भव नहुने भएकाले बाह्य सहयोग अपरिहार्य रहेको उहाँकोे धारणा छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस