एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १५ : ५५
एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।

एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । 

अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् । 

प्रतिक्रिया दिनुहोस