काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।
यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०६ जेठ २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौँबाट २४ जना जुवाडे पक्राउ
झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ
तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद
जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा महिलासहित ६ जना जुवाडे पक्राउ