आज नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १४ : ०८
आज नेपाल आउँदै अमेरिकी उपमन्त्री जिया

अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया आज नेपाल आउने भएकी छन्।

उनीसँग अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि सँगै आउने भएकी छन्। उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको हुन लागेको उच्चस्तरीय भ्रमण हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकी मनाइरहँदा उनको नेपाल भ्रमण तय भएको हो ।

उपमन्त्री जिया मंगलबार नयाँदिल्ली आएकी थिइन्। भारत भ्रमण सकेर उनी आज नयाँदिल्ली हुँदै काठमाडौं आउन लागेकी हुन्। भारतमा रहेको वेला उनले बुधबार हिमाचल प्रदेशको धर्मशाला पुगेर दलाई लामालाई समेत भेटेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस