संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १३ : ५५
संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसद्को ११ औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । 

उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 

बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो  । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् । 

 

प्रतिक्रिया दिनुहोस