एन्फाको उम्मेदवारी घोषणा आजबाट सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १० : ५६
एन्फाको उम्मेदवारी घोषणा आजबाट सुरु

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आज (शुक्रवार)बाट सुरु भएको छ।केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दिने समय ६ दिनसम्म राखिएको छ। नेतृत्वको लागि कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उमेदवारी दिने तयारी छ।

केन्द्रीय निर्वाचन असार ६ गते हुनेछ। एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, चार संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार छ।

प्रतिक्रिया दिनुहोस