काठमाडौँ–२८ मा कांग्रेसको ‘क्लिन स्वीप’

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ०९ : ४३
काठमाडौँ–२८ मा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।   

भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । भाइरामले १ हजार २८२ तथा दीपेन्द्रले १ हजार ७३ मत प्राप्त गरेका छन् । त्यसैगरी  सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयीभएका छन् ।

महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी  र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाले जानकारी दिए ।  

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायमै राख्न सफल छन् । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस