जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा जसपाका दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएका छन् ।दिनेश ५ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिरकुमार गोइत ४ हजार १०५ मत प्राप्त गरे ।
उपमेयरमा सुनिताले ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मिनियाकुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १२ : ५५
लेखकबाट थप