निर्वाचन अधिकृतले राजीनामा दिँदा बूढीगङ्गाकाे मतगणना अन्योलमा

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : २५
निर्वाचन अधिकृतले राजीनामा दिँदा बूढीगङ्गाकाे मतगणना अन्योलमा

बाजुरा । बाजुराकाे बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ। एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो।

गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजीनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो।उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफू असुरक्षित भएकाले निर्वाचन कार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजीनामा दिएका थिए।

सापकोटाको राजीनामापछि निर्वाचन आयोगले वैकल्पिक व्यवस्था नगर्दा ती वडाको निर्वाचन कार्य अन्योलमा परेको हो।

प्रतिक्रिया दिनुहोस