गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : १७
गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए ।

नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए ।उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भइन् । उनी ८ हजार ८०४ मतसहित निर्वाचित भएकी हुन् ।नेपाली कांग्रेसकी शान्ति नेपालले ८ हजार ६०९ र नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस