सिन्धुली। मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले पाँच हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले चार हजार ७६० मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका विमला माझीले पाँच हजार २८१ मत ल्याएर विजयी भएका छन्।मरिणको सात वडामध्ये छ वटामा माओवादी केन्द्र र एउटामा एमालेले विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १५ : ०९
लेखकबाट थप